[Flash 9 is required to listen to audio.]
अर्थतन्त्र
आजको बिबिसी नेपाली सेवाको कार्यक्रममा रविन्द्र मिश्रले माओवादी प्रवक्ता दिनानाथ शर्मालाई सोधे: तँपाईलाई शोधनान्तर घाटा भनेको के हो थाहा छ ? जवाफ आफैँ सुन्नुहोस् ।
भरतमोहन अधिकारी, रामशरण महत र प्रकाशचन्द्र लोहनीले पनि राजनीतिक नेतृत्वले अर्थतन्त्रमा पटक्कै चासो नदिने गरेका बताएका छन् । अर्थतन्त्रको सामान्य मात्र पनि जानकारी माओवादी लगायत कुनै पनि पार्टीका अधिकांश नेतालाई छैन । तर आफुँहरुसँग नयाँ नेपाल बनाउने “वैज्ञानिक” तरीका रहेको दावि गर्ने माओवादी पार्टीको बारेमा अझैपनि भ्रमपूर्ण बुझाई ब्याप्त छ ।
केही समय अघि माओवादी अध्यक्ष प्रचण्डले गरेको प्रख्यात भाषणमा अब “मालिक” सँग मात्र वार्ता गर्ने र त्यसको लागि केही मागहरु रहेको बताएका थिए । ती मध्ये एक माग भारतले नेपालको व्यापार घाटा घटाइदिनुपर्ने पनि थियो । चन्दन सापकोटाले आफ्नो लेख “दाहाल ट्रेड डेफिसिट” (दाहालद्वारा सिर्जित व्यापार घाटा) मा यसबारे विस्तृत चर्चा गरेका थिए।
यहाँहरुलाई पनि अर्थतन्त्रको बारे केही जान्ने इच्छा छ भने द इकोनोमिस्टको यो पेज सहयोगी हुन सक्छ ।
Related Reading:
A Decade Lost, Nepali Times (Jan 2010)
Crisis Looms Near, Nepali Times (December 2009)
Meanwhile, the Economy, Nepali Times (December, 2009)