फोहोर को थुप्रो मा उभिएर
(छेत्रप्रताप अधिकारी का सुन्दर शब्दहरु)
————————————————-
मान्छेहरु
मेरो कवितामा
राजनिति पस्यो भन्छन
कस्तो फसाद!
फोहोरको थुप्रोमा उभिएर
फुलको कविता कसरी लेख्नेहोला ?
प्रजातन्त्रको पछि लागेर
कमीसनतन्त्र आयो
र देशै खायो
यो सत्य
घामझै छर्लङ छ
अब यो घामलाई
हत्केलाले कसरी छेक्नेहोला?
………………….
देश जताततै हारिरहेछ
हारको मुन्टो झुकाएर
जीतको कविता
कसरी लेख्नेहोला ?
अधिकाश मनहरु
अध्यारा छन
अब यो अन्धकारमा
उज्यालो कसरी देख्नेहोला?.
…………………….
फोहोरको थुप्रोमा
उभिएर देखेको लेखेको छु
…………………..
साभार: ’ तर देश हारिरहेछ ’ कविता संग्रह, २०५७